सर्लाहीमा आगोले जलेर गर्भवती घाइते 

सर्लाही - सर्लाहीको विष्णु गाउँपालिका–७ का प्रतिमा देवी राय आगो ताप्ने क्रममा गम्भीर घाइते भएकी छिन्। परालको आगो ताप्ने क्रममा उनको शरीरमा गए राति आगो लागेको थियो ।

उनी गर्भवतीसमेत रहेकी बताइएको छ । कम्मरभन्दा मुनि दुवै खुट्टा जली घाइते भएकी उनको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×