हल्का वर्षाको सम्भावना

काठमाडौँ - हाल देशमा वायुको सामान्य प्रभाव छ।

उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू–भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ। रातिको समयमा पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम सफा रहनेछ। काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले न्यानो महसुस गरिएको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम पाँच तथा अधिकतम तापक्रम १६ डिग्री सेल्सियस छ।
      
मङ्गलबार पनि प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×