ओलीविरुद्धको आरोपमा माफी नमागे प्रतिवादमा उत्रिने कांग्रेसलाई एमालेको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो अध्यक्षविरुद्ध निरन्तर प्रतिशोध साँधेको भन्दै सत्तारूढ दल नेकपा एमालेले आक्रोश व्यक्त गरेको छ । बालुवाटारमा भएको शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले पछिल्ला दिनमा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई निशाना बनाएर आरोप लगाइरहेको भन्दै आपत्ति जनाए ।

उनले नेकपा एमाले र पार्टी अध्यक्ष ओलीविरुद्ध कांग्रेसले प्रायोजित, पूर्वाग्राही, तथ्यहीन, गलत, भ्रामक र आधारहीन लाञ्छाना लगाएको भन्दै आक्रोश पोखे । ‘यस प्रकारको आधारहीन आरोपबाट पछि हट्न अनुरोध गर्न चाहन्छु । यसबाट पछि हटेन भने यसविरुद्ध राजनीतिक प्रतिवादमा हामी उत्रन्छौँ’, उनले भने ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×