हनुमान ढोका दरबार क्षेत्रको आँगछे शिलान्यास

काठमाडौँ। हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित आँगछे  बल्ल शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विनाशकारी भूकम्पले क्षति पुर्याएको सो ऐतिहासिक सम्पदाको शिलान्यास गरेका हुन् । सो अवसरमा उनले बनाउन खोजेका केही सम्पदा स्थानीय विवादका कारण अगाडि बढ्न नसकेको बताए । 

वडा नं २१ वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले सेवा प्रवाह र पूर्वाधार निर्माणलाई समान महत्व दिएको बताए । करिब रु एक करोड ५४ लाख लागत अनुमान गरिएको सो सम्पदा पुन निर्माणका  लागि करिब रु एक करोड पाँच लाख कबोल गरेर समद्री कन्स्ट्रसनले जिम्मा पाएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट कार्यान्वयन भएको पुनःनिर्माण २०७९ कात्तिक १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । इञ्जिनियर अमित बज्राचार्यका अनुसार तीनतले भवनको हरेक तला करिब ६३० वर्गफुटको हुनेछ ।  
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×