काबुलमा धर्मगुरूको हत्या

एजेन्सी - अफगानिस्तानको राजधानी काबुलमा बुधबार एक धार्मिक अध्येताको गोली हानी हत्या गरिएको छ । स्थानीय स्रोतले बिहीबार दिएको जानकारी अनुसार उनलाई अज्ञात सशस्त्र समूहको एक जत्थाले आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

आक्रमणकारी सशस्त्र समूहले धर्मगुरू शेख सरदार वली साकिबलाई आक्रमण गरेको र फरार रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन् । काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले घटनाको पुष्टि गर्दै प्रहरीले उक्त घटनाबारे अनुसन्धान शुरु गरेको जनाएका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार नै पूर्वी लोगर प्रान्तमा पनि अज्ञात सशस्त्र समूहले चार जनालाई एक बेकरीमा बसिरहेका समय गोली हानी हत्या गरेको स्थानीय सञ्चारमाध्यमले रिपोर्ट गरेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×