काठमाडौँ - गायिका इन्दिरा जोशीले नयाँ गीत सार्वजनिक गरेकी छिन्। बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी उनले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी हुन्।
गीतमा इन्दिराकै स्वर, शब्द र संगीत रहेको छ। गीतलाई किरण तुलाधरले एरेन्ज गरेका छन्। रोमान्टिक शैलीको गीतको भिडियोमा गायिका इन्दिरा शर्मा र निराजन प्रधान फिचर्ड रहेका छन्। भिडियोको निर्देशन प्रवीण सिंहले गरेका छन्। हरि हुमागाईंले छायांकन गरेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन्।
केही समयअघि वैवाहिक जीवनमा बाँधिएकी इन्दिराको विवाहपछिको यो पहिलो गीत हो।