काठमाडौँ। चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिती घोषणा गरिएको छ। बेनिशा हमालको मुख्य भूमिका रहेको चलचित्र आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने भएको हो। शुक्रबार निर्माण पक्षले एक विज्ञप्तिमार्फत यो कुराको जानकारी दिएको हो।
चलचित्रमा तेज गिरी र सम्पदा बानियाँ पनि मुख्य भूमिकामा रहेका छन्। त्यसैगरि राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खनालले यसै चलचित्रबाट डेब्यु गर्दैछन्।
दुई करोडभन्दा बढी लगानीमा बनेको चलचित्रको छायांकन ७० दिन लगाएर गरिएको जनाइएको छ। निर्देशक परिच्छेद सेनको प्रेमकथामा आधारित चलचित्र उनको पहिलो फिचर चलचित्र रहेको छ।