ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निस्क्रिय

काठमाडौँ - काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ। चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको बताए। उनले आम नागरिकलाई त्रास सिर्जना गर्नका लागि उक्त शङ्स्कास्पद वस्तु छाडिएको जानकारी दिए। उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ।

शङ्कास्पद वस्तु भेटिएसँगै नागढुङ्गा नाका भएर काठमाडौँ उपत्यका भित्रिने तथा काठमाडौँ बाहिर जाने सवारीसाधन बाटोमै रोकिएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×