भावुक बने मोरिन्हो

काठमाडौँ - इटालियन क्लब एएस रोमा युरोपियन कन्फेरेन्स लिगको फाइनलमा पुगेपछि प्रशिक्षक जोसे मोरिन्हो भावुक बनेका छन्।

गएराती रोमाले प्रिमियर लिग क्लब लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-१ को नतिजासहित युरोपियन कन्फेरेन्स लिगको फाइनलमा पुगेको हो। आफ्नो क्लब फाइनलमा पुगेपछि मोरिन्हो भावुक बनेका थिए। उनी डग आउटमा आँखामा आसु लिएर खुशी मनाइरहेको देखिएका थिए। अब रोमाले फाइनलमा डच क्लब फेयनूर्डसँग मे २६ मा खेल्ने छ।  

 रोमा ३१ बर्षपछि युरोपियन प्रतियोगिताको फाइनलमा पुगेको हो।

 उनले आफ्नो लागि यहि नै च्याम्पियन्स लिग भएको बताउदै आफुले नेतृत्व गरेका क्लबहरु युरोपियन प्रतियोगिताको फाइनलमा पुगेको प्रतिक्रिया दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×