कृषिले आत्मनिर्भर बनाउँदै दाङका थारु महिलालाई

काठमाडौँ - दाङको तुलसीपुर उपमहानगरपालिका– १५स्थित धम्कापुरका थारू महिला व्यावसायिकरुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन्। 

तीमध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधर।। उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नाका साथै आफूलाई  सफल महिला किसानको रूपमा चिनाएकी छन्। आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्न सधैँ एकाबिहानै छिटुवामा बोकेर तुलसीपुरका घरघर पुग्नुहुने स्यानीले धनियाँको पात बिक्री गरेर मात्र वार्षिक रु चार लाखसम्म बचत गर्ने गरेको बताउँछिन्।

यसपटक  मौसमी धनियाखेतीबाट मात्र  रु  दुई लाख ५० हजार आम्दानी गर्न सफल भएको उनको भनाइ छ। विसं २०५८ देखि नै यो पेसा अपनाए पनि व्यावसायिकरुपमा भने विगत १३ वर्षदेखि गर्न थालेको बताएकी स्यानीले हाल १० कट्ठा जमिनमा स्थानीय जातको धनियाँखेती गरेकी छन्। एक वर्षमा दुई पटक मौसमी र बेमौसमी धनियाँखेती गरेर बिक्री गर्दै आएको बताउने उनले प्रतिमुठा धनियाँ रु. २० मा बिक्री गर्दै आएकी छन्।

धनियाँ बेचेर गरेको आम्दानीबाट स्यानीले गाउँमा १७ कट्ठा चार धुर जमिन खरिद गरेकामा १० कट्ठामा धनियाँखेती र अरूमा अन्य खाद्यान्न उत्पादन गर्दैआएको बताउँछिन्।  अहिले बेमौसमको लागि उक्त खेती सुरु गरिसकेको उनको भनाइ छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×