ओलीलाई जवाफ दिन चाहन्नँ, फैसला जनताले भोटमार्फत गर्नेछन् : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिप्रति प्रतिक्रिया नदिने स्पष्ट पारेका छन्। उनले राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट आफू माथि उठ्न चाहेको बताएका छन्।

बुधबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले ओलीका भनाइको जवाफ आफूले नदिने र त्यसको फैसला आम जनता तथा मतदाताले गर्ने बताए।
‘उहाँले बोलेको कुराको जवाफ आम सर्वसाधारण र भोलि भोट हाल्नेहरूले दिनुहुनेछ। मैले दिनुपर्दैन। उहाँलाई मेरो शुभकामना छ,’ लामिछानेले भने।

यसअघि ओलीले एक कार्यक्रममा बोल्दै रास्वपा, उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको सहकार्यलाई लिएर टिप्पणी गरेका थिए।

तर लामिछानेले राजनीतिमा कसले के भन्यो भन्नेमा अल्झिनु निरर्थक भएको उल्लेख गर्दै आफू प्रश्न–उत्तरको मनोरञ्जनात्मक राजनीतिबाट बाहिर निस्कन चाहेको बताए।
‘उसले यस्तो भन्यो, यसले यस्तो जवाफ दियो भन्ने फेजबाट म माथि उठ्न चाहन्छु,’ उनले स्पष्ट पारे।

उनको भनाइलाई आगामी निर्वाचन केन्द्रित राजनीतिक सन्देशका रूपमा पनि हेरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×