मोरिसससँगको खेलका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ। मोरिससविरुद्धको दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ। नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुवै खेलका दुई टोली घोषणा गरेका हुन्। उनले बन्द प्रशिक्षणमा सहभागी सबै खेलाडीलाई समावेश गर्दै टोली घोषणा गरेका हुन्।

खेलका लागि पहिलो चरणमा ३७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो। तर, विभिन्न कारणले तीन खेलाडी टिमबाट बाहिरिए। बाँकी रहेका ३४ खेलाडीले भने टोलीमा मौका पाएका छन्। 

नेपाल र मोरिसबीचको पहिलो खेल २९ जनवरी र दोस्रो खेल १ फेब्रुअरीमा हुनेछ। एन्फाले मैत्रीपूर्ण खेलका लागि कोरोना खोप लगाएका दर्शकलाई मात्र मैदान प्रवेश गर्न दिने भएको छ। एन्फाले सामान्य र भीआइपी प्याराफिटको लागि टिकट दर ५०० र १००० कायम गरेको छ। खेल दशरथ रंगशालामा हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×