काठमाडौँ - इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्वकप्तान तथा मिडफिल्डर फर्नान्डिन्हो ब्राजिलियन क्लब एथलेटिको परानान्सेमा अनुबन्धित भएका छन्।
सिजनको अन्त्यसँगै प्रिमियर लिग क्लब छाडेका ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्हो १७ वर्षपछि एथलेटिको फर्किएका हुन्। एथलेटिकोबाटै आफ्नो व्यवसायिक करिअर सुरु गरेका उनी सन् २००५ मा युक्रेनी क्लब शाख्तर डोनेट्स्कमा अनुबन्ध भएका थिए।
सन् २०१३ मा शाख्तरबाट सिटी आएका उनले क्लबका लागि २६४ प्रिमियर लिग खेलमा २० गोल गरेका छन्। फर्नान्डिन्होले इतिहाद स्टेडियममा नौ वर्ष बिताउँदा ५ प्रिमियर लिग तथा समान १ एफए कप र इएफएल कपको उपाधि जितेका छन्।