रौतहटमा चन्द्रपुर नगरपालिकामा आगजनी, विद्यार्थीको आक्रोश प्रदर्शन

२४ भदौ, काठमाडौं । सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज बिहानदेखि आन्दोलन थप आक्रामक बनेको छ। यसै क्रममा रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी गरिएको छ।

देशभर कर्फ्यू जारी रहेका स्थानहरूमा निरन्तर प्रदर्शन भइरहेका छन्। रौतहटको इन्द्रिस गेटमा विद्यार्थीहरूले टायर बालेर प्रदर्शन गरे भने यमुनामाई माध्यमिक विद्यालयका विद्यार्थीहरूले गौर–चपुर सडक खण्डमा शेख इद्रिस गेट नजिकै टायर बालेर सरकारविरुद्ध प्रदर्शन गरे।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×