इरानी मूलका अमेरिकीले गरे वासिङ्टनमा प्रदर्शन

काठमाडौँ - गत महिना महसा अमिनीको मृत्युपछि इरानमा भएको राष्ट्रव्यापी विरोध प्रदर्शनलाई समर्थन गर्न इरानी मूलका  हजारौं मानिसहरूले शनिबार वाशिङ्टनमा जुलुस निकालेका थिए। 

जब उनीहरू नेशनल मलबाट हिंड्दै गर्दा उनीहरूले “महिला, जीवन, स्वतन्त्रता“ र “इरानका लागि न्याय“ जस्ता नारा लगाएका थिए। हिजाब नियम उल्लंघन गरेको अभियोगमा गत महिना इरानमा हिरासतमा राखिएकी युवती महसा अमिनीको मृत्युपछि त्यसको विरोधमा देशव्यापी प्रदर्शन भएको छ। 

इरानी महिलाको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै विश्वभर प्रदर्शन भएका छन्। त्यसैको अंशका रुपमा इरानी मूलका अमेरिकीले पनि प्रदर्शन गरेका हुन्। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×