राष्ट्र बैंकले आज थप ४० अर्ब उठाउने, बढी तरलता नियन्त्रणमा कदम

बैंकिङ प्रणालीमा अत्यधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ उठाउने भएको छ। यसका लागि राष्ट्र बैंकले ३५ दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसको समय आज दिउँसो ३ बजे निर्धारण गरिएको छ।

बोलकबोलमा सहभागी हुन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू योग्य छन्।
न्यूनतम बोल रकम १० करोड रुपैयाँ तोकिएको छ, र अधिकतम रकम ५ करोडले भाग जाँदा निःशेष आउने गरी समायोजन हुनेछ।

सावाँ र ब्याजको भुक्तानी पुस १० गते तोकिएको छ। ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै तय हुनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन बोलकबोल एकल वा बहु–ब्याजदर दुवै आधारमा गर्न सकिनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×