काठमाडौँ - काठमाडौँको भृकुटीमण्डपमा भिषण आगलागी भइ रहेको छ। आगलागी भइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि स्थलगत निरिक्षणका लागि भृकुटीमण्डप पुगेका छन्।
आगलागी नियन्त्रणका लागि आवस्यक कसरत भइ रहेको छ। यसकालागि प्रहरी, काठमाडौँ महानगरपालिका तथा ललितपुर नगरपालिकाको दमकल प्रयोग भएको छ। भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। आगलागीको कारण भने खुलेको छैन।
घटना तथा क्षतिका विषयमा थप जानकारी आउनबाँकी रहेको प्रहरीले जानकारी दिएको छ।