असिनापानीले  स्याउ खेतीमा क्षति

खलङ्गा। जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ। 

सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए । उनले भने, “स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए। असिनाले सखाप बनायो।” उनको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका थिए। 

यस पटक किसानले स्याउ पर्याप्त मात्रामा फल्ने आशा गरेका थिए। एकैपटकको असिनापानीले किसानको स्याउ सखाप पारेको छ। बगैँचाभरि स्याउका दाना र चिचिला झरेका छन्। स्याउका बोट रित्तिएका छन्। असिनापानीले जिल्लाका अधिकांश क्षेत्रमा स्याउमा क्षति पुगेको स्थानीयवासीले  बताएका छन्।  मनग्य आम्दानी हुन थालेपछि पछिल्लो समय किसान स्याउखेतीतर्फ आकर्षित भएका छन्।
–––

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×