बढ्दो उर्जा लागत कटौती गर्ने ट्रसको प्रतिवद्धता

काठमाडौँ - बेलायतमा कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रसले ऊर्जाको बढ्दो लागत र कर कटौती गर्ने वाचा गरेकी छिन्। टोरी नेतृत्वको प्रतिस्पर्धामा विजयी भएपछि उनले यस्तो प्रतिवद्धता जनाएकी हुन्। पार्टी नेतृमा  विजयी भएपछि ट्रसले अर्थतन्त्रको विकास गर्न र बेलायतलाई मन्दीबाट जोगाउन कर कटौतीको बाचा गरेकी हुन्।

नयाँ प्रधानमन्त्रीले थ्याचरपछिकै खराब समयको सामना गर्नुपर्ने सन्डे टाइम्सले जनाएको छ। युक्रेनमाथि रुसी हमलाको पृष्ठभूमिमा मुद्रास्फीति दोहोरो अंकमा बढेको र उर्जाको मूल्य आकाशिदा बेलायत  जीवनयापनको खराब संकटबाट गुज्रिएको छ। 

यसै वर्षको अन्त्यमा बेलायत आर्थिक मन्दीतर्फ धकेलिँदै गर्दा ट्रसले कर कटौती गर्ने र आर्थिक वृद्धिलाई प्राथमिकता दिने बताएकी थिइन्। कर कसरी कटौती गर्ने भन्ने बारेमा एक महिनाभित्र पूर्ण योजना लिएर आउने र बेलायती अर्थतन्त्रलाई अगाडि बढाउने उनले बताएकी छिन्।

ट्रस आज नै प्रधानमन्त्रीमा नियुक्त हुँदै छिन्। बोरिस जोनसनको बिदाइ सम्बोधनपछि बेलायती महारानीले बालमोरल क्यासलमा उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्ति गर्नेछिन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×