बेतबाँसका सामग्रीले बदलिएको जीवनशैली

काठमाडौँ - शुक्लाफाँटा नगरपालिका–७ जुडाका वीरसिंह ठुगुन्ना गाउँकै समूहबाट बेतबाँसका सामग्री बनाउने १७ दिनको तालिम लिएर उद्योगी बनेका छन्। 

सुनदेवी उपभोक्ता समूहमा आबद्ध भएर ठगुन्नाले एक दशकअघि बेतबाँसका सामग्री बनाउने सीप सिकेका हुन्। सीप सिकेपछि उनले त्यसलाई व्यावसायिक बनाई काम गर्न थालेपछि पैसाका लागि अरू कहाँ हात थाप्नुपरेको छैन। बेतबाँसबाट ठगुन्नाले हेङ्गर, टबुल, कुर्सी, सोफा, र्याक, टोकरी, मुढालगायत घर सजावटका सामग्री बनाउँदै आएका छन्।

तालिममा सिकेको सीपलाई निर्खादै जाँदा उनी बेतबाँसका सामग्री बनाउने सफल व्यवसायीका रुपमा परिचित भएका छन्। मासिक रूपमा ठगुन्नाले रु. ३० हजारदेखि रु. ७० हजारसम्म कमाई गर्दै आएका छन्। “मागअनुसार बेतबाँसका सामग्री बनाएर बिक्री गर्दै आएका छौँ”, उनले भने, “महिनामा ५० देखि १०० सम्म सामग्री निर्माण गर्दै आएका छौँ। लागत खर्च कटाएर सोचेअनुसार नै आम्दानी हुने गरेको छ।”

विगतका वर्षमा कमाउनकै लागि भारतीय क्षेत्रमा जाने गरेको उल्लेख गर्दै उनले सीप सिकेपछि घरमै बसीबसी आम्दानी हुन थालेपछि भारत जाने दिनको अन्त्य भएको बताए। कच्ची घरमा बस्दै आएका उनले बेतबाँसकै सामग्री निर्माण गरी कमाएर आएको रकमबाट गाँउमै पक्की घर ठड्याएका छन्। छोरालाई उच्च शिक्षा ग्रहणका लागि काठमाडौँ पठाएका छन्। 

घरको खर्चसँगै छोरोको पढाई खर्च सबै बेतबाँसका सामग्री बेचेर आएको आम्दानीले धानिँदै आएको उनले जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×