जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

कञ्चनपुर - भिमदत्त नगरपालिका–४ स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा बेदकोट नगरपालिका–९ बस्ने ३० वर्षीय गोपाल बहादुर भण्डारी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ९४ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×