काठमाडौं । संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत पारित नभएको विषयलाई लिएर सभामुख देवराज घिमिरेले (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्ने भएका छन् । छलफल आज बिहान साढे ८ बजे सुरू हुनेछ ।
कम्तीमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरूसँगको बैठकमा घिमिरेले ध्यानाकर्षण गराएका थिए । मंगलबार प्रमुख प्रतिपक्षी दल कांग्रेसले संघीय संसदका दुवै सदनमा धन्यवादको प्रस्ताव पेश गर्न रोकेको थियो ।