काठमाडौँमा कति परिवारले पाए कोभिड राहत?

काठमाडौँ - कोभिड प्रभावितलाई दिने सरकारी राहतअन्तर्गत काठमाडौँ महानगरपालिकाले १४७ घरपरिवारलाई राहत उपलब्ध गराएको छ।

राहतका लागि आएका १६० घरपरिवारको निवेदन आएकामा निवेदन पुष्टि गर्दा १४७ परिवारयोग्य भएको महानगरले जनाएको छ। महानगरअन्तर्गतको रोजगार केन्द्रका अनुसार २४ बैंकमार्फत उक्त परिवारलाई राहतस्वरुप रु. १४ लाख ७० हजार रकम जम्मा भइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×