काठमाडौँ - फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा दिपक शर्माको शब्द,संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ।
जुम्लामा छायाँकन भएको फिल्मको गीतमा मुख्य पात्र प्रदिप खड्का र रेणु योगीलाई देख्न सकिन्छ।
फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ। फिल्ममा प्रदिप र रेनुका साथै दिया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतकाको अभिनय रहेको छ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा बिकास सुबेदीको लेखन र राजेश श्रेष्ठको छायाङ्कन रहेको छ।