शेखरको प्रश्न : दुईटा पासपोर्ट भएका गृहमन्त्री र संसदका महासचिवलाई कानुन लाग्दैन ?

मोरङ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देश विस्तारै निरंकुशता र अधिनायकवादतर्फ जान खोजेको देखिएको टिप्पणी गरेका छन् । अहिले ट्रेलरका रूपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले पक्राउ गरेको उनको भनाइ थियो ।

‘यो देश विस्तारै निरंकुशता र अधिनायकवादतर्फ जान खोज्दैछ, जबसम्म यो कुरा हामी बुझ्दैनौं आज यसलाई समायो, भोलि उलाई भनेर रमाइरहेका हुन्छौं,’ कोइरालाले विराटनगरमा बिहीबार भएको कार्यक्रममा भने, ‘यो देशमा के भइरहेको छ ? सरकार छ कि छैन ? कसरी सरकार सञ्चालन भइरहेको छ ? यो अत्यन्त गम्भीर विषय भएर गएको छ ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×