विदेशबाट फर्केको चार दिनमै खुकुरी हानेर शिक्षिका श्रीमतीको हत्या

झापा । झापाको बाह्रदशी–१ मा आज बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् ।

घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएका थिए । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने आशङ्का गरिएको छ । मृतक दिव्य ज्योति मावि राजगढमा शिक्षण गर्थिन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×