बढ्यो कर्जाको ब्याजदर, ऋणीलाई व्ययभार थपियाे

काठमाडाैं । एकातिर बैंकले कर्जा कसिलो पारेपछि ऋणीले माग गरेअनुसार ऋण पाइरहेका छैनन् ।अर्कातर्फ ऋणीहरूलाई कर्जाको ब्याजदर बढी पर्ने भएको छ ।

बैंकको आधार दर बढेपछि कर्जाको ब्याजदर महँगो भएको हो । पूराना र नयाँ दुवै ऋणीलाई यो ब्याजदर लागू हुन्छ ।

हरेक त्रैमासिक आधार दरमा रहेर बैंकले पूराना ऋणीको ब्याजदरसमेत घटबढ गर्न पाउने नीतिगत व्यवस्था छ ।

बैंकहरूले तयार पारेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार औसत आधार दरमा रहेको ब्याजदरमा थप प्रिमियम जोडेर ब्याजदर लागू भएको छ ।

बैंकहरूले माघ १ गतेदेखि नै नयाँ दरमा कर्जा दिन थालेका छन् ।

पुसमा लिएको कर्जाको ब्याजदरमा ऋणीलाई थप १ देखि डेढ प्रतिशत विन्दुसम्मको भार थपिएको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताएको खबर अन्नपूर्ण पोस्टमा ममता थापाले लेखेकी छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×