डोरीको पासो लगाइ बलात्कार प्रयास गर्ने तीन आरोपि पक्राउ

 सप्तरी। दुई बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले तीन आरोपितलाई आज पक्राउ गरेको छ। बलात्कार प्रयासको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियाका २५ वर्षीय परमेश्वर चौधरी, २२ वर्षीय देवा चौधरी र २० वर्षीय रामविलाश चौधरीलाई पक्राउ परेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी जनाएको छ।

बलात्कार प्रयास गरेको भन्दै पीडितका मामा र बुबाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा भदौ ९ गते संयुक्त उजुरी दिएका थिए। पीडितका अनुसार लहरनियास्थित पूर्वपश्चिम डगर बाटोमा रहेको पोखरीदेखि उत्तरको आँप बगैँचामा भदौ ६ गते राति आरोपितले बलात्कार प्रयास गरेका हुन्।

शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा लागेको कृष्ण झुलाको मेला र सांस्कृतिक कार्यक्रम हेरेर किशोरी फर्किँदै थिए। डोरीको पासो लगाइ आरोपितले बलात्कार प्रयास गरेपछि उनीहरू भागेर गाउँ पुगेको पीडितले बताए। इलाका प्रहरी कार्यालय कल्याणपुरले भदौ ९ गते नै उजुरी दर्ता गरेको र पक्राउ परेका आरोपितलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहले बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×