यी थिए निफमा अवार्ड पाउने फिल्म र फिल्मकर्मीहरु

काठमाडौँ - नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौं संस्करण समापन गरिएको छ।

सोमबार काठमाडौंमा उत्कृष्ट फिल्महरूलाई पुरस्कार प्रदान गर्दै पाँच दिन चलेको महोत्सवको समापन गरिएको हो। महोत्सवमा देश-विदेशका लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र गरी सात विधामा १४ अवार्ड दिइयो।

यी फिल्म तथा फिल्मकर्मीहरू उत्कृष्ट ठहरिए:

  • डन कोइजोटे उत्कृष्ट फिचर फिल्मः साइलेन्स ट्री (टर्की)
  • उत्कृष्ट स्क्रिनप्लेः मोहन राई (महानगर)
  • उत्कृष्ट अभिनेताः दिव्य देव (चिसो एस्ट्रे)
  • उत्कृष्ट अभिनेतृः मेनुका प्रधान (महानगर)
  • उत्कृष्ट निर्देशक फिचर फिल्मः मोहन राई (महानगर)
  • उत्कृष्ट सिनेम्याटोग्राफरः उज्वल बस्ताकोटी (चिसो एस्ट्रे)
  • उत्कृष्ट निर्देशक सर्ट फिल्मः बच्चन व्यञ्जनकार (एसेस अफ अस)
  • उत्कृष्ट अन्तराष्ट्रिय सर्ट फिल्मः अलसिट
  • उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मः आइसक्रिम
  • मन्जुश्री एनिमेटेड सर्ट फिल्म पुरस्कारः हर्ट अफ गोल्ड
  • उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्रीः गोर्खा गर्ल्स
  • माउन्ट एभरेष्ट उत्कृष्ट अन्तराष्ट्रिय डकुमेन्ट्रीः आउट अफ थिन एअर
     

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×