एसी मिलान सिरी ‘ए’ को शीर्ष स्थानमा

काठमाडौँ - इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा एसी मिलानले जित हात पारेको छ। उसले घरेलु मैदान सान सिरोमा बोलोग्नाविरुद्ध २-० को जित हात पारेको हो।

२१ औं मिनेटमा राफेल लियोले मिलानलाई अग्रता दिलाएका थिए। ५८ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै घरेलु टोलीलाई २-० को जित दिलाए।

यो जितसँगै ३ खेलमा ७ अंक जोडेर मिलान शीर्ष स्थानमा उक्लिँदा पराजित बोलोग्ना समान खेलबाट १ अंकका साथ १७ औं स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×