विपिनले खेल्न नमानेपछि ‘छड्के २’मा जोडिए अनमोल केसी

काठमाडौँ - अभिनेता अनमोल केसी ‘छड्के २’मा अनुबन्धित भएका छन्। दुई साताअघि नै अनमोल मुख्य भूमिकाको लागि फिल्मसँग औपचारिक रुपमा जोडिएको निर्देशक निगम श्रेष्ठले जानकारी दिएका छन्।

तर अनमोल कति पारिश्रमिकमा अनुबन्धित भए र उनको चरित्र चित्रण के हो भन्नेबारे खुलाइएको छैन। साथै, अन्य कलाकारबारे चाँडै जानकारी दिने उनले बताएका छन्।

फिल्म सन् २०१३ मा रिलिज भएको फिल्म ‘छड्के’को सिक्वेल नभएको निर्देशक श्रेष्ठले बताए। ‘यो सिक्वेल होइन, सिरिज हो’ उनले भने, ‘हामीले सिरिजकै रुपमा यसलाई बनाउन लागेका हौं।’

पहिलेका कुनै पनि कलाकार निरन्तर नहुने जनाउँदै श्रेष्ठले कलाकार नयाँ अनुबन्धित हुने बताएका हुन्। ‘पहिलेका कलाकार र कथावस्तुसँग यसको सम्बन्ध छैन,’ उनले भने, ‘निर्मातादेखि कलाकार र कन्टेन्ट सबै नयाँ हुनेछ।’

‘छड्के २’ ग्याङस्टर र कमेडी विधामा निर्माण हुन लागेको र साउन अन्तिमदेखि चितवन र मनाङमा फिल्म सुटिङ हुने जनाइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×