'डमरुको डन्डीबियो' युट्युबमा उपलब्ध

काठमाडौँ। नेपाली कथानक चलचित्र 'डमरुको डन्डीबियो' युट्युबबाट सार्वजनिक गरिएको छ। खगेन्द्र लामिछानेको कथा रहेको यो चलचित्रलाई चेतन गुरुङले निर्देशन गरेका हुन्। बिनोद गुरुङ र नोर्बु छिरिङ घले प्रोड्युसर रहेको चलचित्रका सहनिर्देशक सुरेश न्यौपाने, सागर प्याकुरेल र शान्ती तामांग रहेकी छन्।

चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, आशंत शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा आदि कलाकारहरुको अभिनय रहेको छ।त्यसैगरि चलचित्रमा निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ भने काली प्रसाद देवकोटा संगीत निर्देशक रहेका छन्। चलचित्र 'हाइलाइट्स नेपाल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। चलचित्र युट्युबमा आएको केहि घण्टामै ट्रेण्डिङको सुचीमा पुगेको छ।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×