डोटी। सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ७४१ जनाको नमूना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
आरडिटी पिसीआरमा सात र एन्टिजेन विधिमार्फत तीन जनामा सङ्क्रमण देखिएको हो। पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा सात र एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई र कैलालीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जनाले कोरोना जितेका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। यसअघि बिहीबार यस प्रदेशमा ११ सङ्क्रमण पुष्टि हुँदा ११ जना निको भएका थिए।