निहारिका र उनको छोरालाई ‘एडप्ट’ गर्छुः करिश्मा मानन्धर

काठमाडौँ - अभिनेत्री करिश्मा मानन्धरले वसन्तपुरमा न्यायका लागि अनसनमा रहेकी निहारिका राजपूत र उनको छोरालाई ‘एडप्ट’ गर्न चाहेको बताएकी छिन्।

आफ्नी छोरी (कविता)भन्दा कम उमेरकी निहारिका समस्यामा रहेको र उनका लागि आफू सहारा बन्न चाहेको उनले स्पष्ट पारिन्। 'मेरो छोरीभन्दा पनि कम उमेरकी निहारिका अहिले न्यायका लागि अनसन बसिरहेकी छlन्। उनलाई मैले म सहयोग गर्छु भनेको छु,' करिष्मा भन्छिन्, 'उनको समस्याका लागि सबैले आवाज उठाउनुपर्छ। म मेरोतर्फबाट सकेको सहयोग गर्छु। उसलाई म छोरी सरह बनाएर राख्छु। उनको बच्चालाई राख्छु। न्यायसँगै उसको लालनपालन र शिक्षा पनि ठूलो कुरा हो, यो गर्न म तयार छु।'

सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै उनले बलात्कारपछि जन्मिएकी निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेकी हुन्। उनले फेसबुकमा भनेकी छन्, ‘मेरो एउटा छोरी थियो! तिमी भयो भने दुईटा हुन्छ। बच्चा लिएर घर आऊ। म छु।’

विसं २०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा निहारिकामाथि धनुषाको भीमेश्वर नगरपालिका-३ बस्ने शिवराज श्रेष्ठले नसालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको आरोप छ।

उनी आफूमाथि बलात्कार गर्ने श्रेष्ठलाई अदालतले सफाइ दिएको भन्दै न्यायको माग गरी अनशन बस्दै आएकी छिन्। अनशनरत निहारिका आफ्ना ११ महिने बच्चाको डिएनए परीक्षण गर्नुपर्ने, चार महिनाअघि उच्च अदालत जनकपुरमा दर्ता गराएको मुद्दाको सुनुवाइ छिटो हुनुपर्ने लगायतका माग राखेर अनशन बसेकी हुन्।

जिल्ला अदालत धनुषाले २०७८ साल माघ २४ गते उनीमाथि बलात्कार भएको भन्ने दाबी नपुग्ने भन्दै शिवराजलाई सफाइको फैसला सुनाएको थियो। सो फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×