टी-२० विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा

काठमाडौँ - आगामी अक्टोबर-नोभेम्बरमा घरेलु म‌ैदानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा भएको छ।

क्रिकेट अष्ट्रेलियाले बिहीबार बिहान आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। जसमा टिम डेभिडले पहिलो पटक स्थान बनाएका छन्।

गत वर्ष यूएईमा भएको टी-२० विश्वकप जित्दाको टिममा एक मात्र परिवर्तन भएको छ। स्पीनर मिचेल स्वेप्सनको स्थानमा टिम डेभिड अटाएका छन्।टिम डेभिडले पछिल्लो समय फ्रेन्चाइज टी-२० लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। टी-२० विश्वकप अक्टोबर १३ देखि नोभेम्बर १६ सम्म अष्ट्रेलियाको विभिन्न सात मैदानमा हुनेछ।

अष्ट्रेलियाको टिममा - आरोन फिन्च (कप्तान), प्याट कमिङ्स (उपकप्तान), एस्टन एगर, टिम डेभिड, जोस हेजलउड, जोश ईंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कुस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर, एडम जाम्पा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×