त्रिशुलीमा हराएका बस र यात्रु खोज्न आएका भारतीय टोली स्वदेश फर्किँदै

काठमाडौं । सिमलतालमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको खोजि गर्न आएको भारतीय उद्धार टोली आज फर्किने निश्चित भएको छ ।

एक हप्ताको लागि आएको भारतको विपत् व्यवस्थापन गर्ने (एनडिआरएफ) को टाेली आइतबार नै फर्कने तयारी भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

आजसम्म खोजि गर्ने प्रयास जारी राखेको पनि केहीँ उपलब्धि नभएको र एक हप्ताको समय लिएर आएकोले समय पनि सकिएकाले टोली फर्किन लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

उनीहरुको सोनार क्यामेर सहित त्रिशुली र नारायणी नदीमा चुम्बकको प्रयोग गरेर खोज तथा उद्वार कार्यमा जुटेका थिए। एनडिआरएफले ल्याएको १९ किलोको चुम्बक समेत त्रिशूली नदीले बगाएको छ।

असार २८ गते भरतपुर महानगरको वडा नम्बर २९ मा पर्ने सिमलतालमा माथिबाट आएको लेदोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूलीमा बगाएको थियो । दुई बसमा गरेर ६५ यात्रु सवार भएकोमा ३ जनाले ज्यान जोगाएका थिए ।

टोलीले पानीभित्रका वस्तुहरूको आकार आकृति संकेत गर्ने उपकरण सोनारसहित खोजी गर्दा पनि बस फेला पार्न सकेन । टोलीले नेपाली सुरक्षाकर्मीहरुसँग मिलेर त्रिशूली नदीको सिमलतालदेखि केराबारीसम्म र नारायणी नदीको देवघाटदेखि काब्रेघाटलगायतको नदीमा खोजी गरेको थियो ।

पहिरोले त्रिशुलीमा वेपत्ता दुवै बस भेटिएका छैनन् । असार २८ गते शुक्रबार बिहान सबेरै साढे तीन बजे तिर सिँदुरेगैरामा कल्भर्ट नाघेर आएको लेदोमा बगेर दुईवटा यात्रु बस त्रिशूलीमा खसेका थिए ।

नारायणी नदीदेखि गण्डक व्यारेजम्म २४ जनाको शव भेटिएको छ। तीमध्ये १९ जनाको मात्रै सनाखत भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×