तिहारमा प्रदर्शन हुदैँ नेपाल-अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’

काठमाडौं - सन् १८१४ मा भएको नेपाल-अंग्रेज युद्धमा आधारित फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शन हुने भएको छ। शुक्रबार फिल्मको पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ।

चलचित्र विकास बोर्डबाट ‘विशेष फिल्म-२०२०’को सम्मान प्राप्त गरेको फिल्मलाई रमेश अधिकारीले निर्देशन गरेका हुन्।

युद्धमा नेपालको नेतृत्व गर्दै बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर फिल्म निर्माण गरिएको निर्देशक अधिकारीले जानकारी दिएका छन्। ‘नेपाली वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएकाले विद्यार्थी तथा देशका उच्च ओहोदामा बसेकाले पनि ‘नालापानी’ हेर्दा राम्रो हुन्छ,’ अधिकारीले बताए।

धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा फिल्म आधारित रहेको छ। फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान लगायतको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×