छायांकार विदुर पाण्डेको निधन

काठमाडौँ - फिल्म छायांकार विदुर पाण्डेको निधन भएको छ। हृदयघातका कारण आज बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

छायांकार पाण्डेको ५५ वर्ष उमेरमा निधन भएको हो। संघका अध्यक्ष लामाका अनुसार पाण्डेको आजै पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

पाण्डे नेपालको पहिलो डिजिटल फिल्म 'कागबेनी' का छायांकार हुन्। उनले कागबेनीका साथै 'पण्डित बाजेको लौरी, भुइँमान्छे, मेरो बेस्ट फ्रेण्ड, स्वर' लगायतका फिल्महरूको पनि छायांकन गरेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×