काठमाडौँ - शनिबार मात्र सार्वजनिक बिदा दिँदै आएको सरकारले अब जेष्ठ १ गतेबाट आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन (आइतबार र शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारले सार्वजनिक बिदा जेठ १ गतेदेखि लागू हुने निर्णय गरेको छ। यससँगै कार्यालय समय भने बिहान ९:३० देखि बेलुका ५:३० सम्म रहनेछ।