काठमाडौँ - एक वर्षको अवधिमा नेपालबाट ‘सी फूड’ आयातमै १ अर्ब ३५ करोड ७३ लाख रुपैयाँभन्दा बढी बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार ‘समुन्द्री खान्की’मा अर्बौ रुपैयाँ बाहिरिएको हो।
आयात हुनेमा प्रसान्त महासागरमा मात्रै पाइने सलमान माछादेखि ट्राउट माछा, जिउँदा माछा, साल्मोनिडे माछा लगायतका छन्। त्यसै गरी एन्चोभिस प्रजातिका माछादेखि माक्केरेल प्रजातिका माछासम्म रहेको विभागले जनाएको छ।
यसका साथै, माछाको फ्रोजन मासु, क्याटफिस, क्र्याप प्रजातिका माछा, ऐल्स, विभिन्न प्रजातिका माछाका अण्डा, एटलान्टिम सलमान माछा र टुना माछा यसका फ्रोजन मासु लगायतका छन्।
यस्तै, नेपालीले विदेशबाट किनेर खाने गरेको पाइएको छ। यसका साथै क्याटफिस, यसका विभिन्न प्रकारका फ्रोजन मासु, प्राउन लगायतका सी फूड समेत नेपालमा आउने गरेका छन्।