काठमाडौँ - रेड बुल टिमका म्याक्स भर्सटापेनले फर्मुला वानकाे एकै सिजन १४ वटा प्रतियाेगिताकाे उपाधि जितेर नयाँ कीर्तिमान बनाएका छन्।
गएराति उनले मेक्सिकन ग्रण्ड प्रिक्सकाे उपाधि जितेपछि याे वर्ष उपाधि संख्या १४ पुगेकाे हाे। विश्व च्याम्पियन भर्सटापेन रेसकाे पहिलाे खन्डमा लेविस ह्यामिल्टनकाे मर्सिडिजसँग पछि परे पनि अन्तिममा आफूलाई सुधार गरेका थिए।
नेदरल्याण्ड्सका माइकल सुमाचर र सेवास्टियन भेट्टेनकाे कीर्तिमान ताेडिएकाे हाे। समाचारले सन् २००४ र भेट्टेनले सन् २०१३ मा एकै सिजन १३ उपाधि जितेर कीर्तिमान बनाएका थिए।
मेक्सिको ग्राण्ड प्रिक्समा रेड बुलकै सर्जियाे पेरेज तेस्राे भएका छन्।