भर्खरै प्रदर्शनमा आएका बलिउड चलचित्र

काठमाडौँ। होलीको उपलक्ष्यमा धेरै बलिउड चलचित्र प्रदर्शनमा आएका छन्। अभिनेत्री विद्या बालनको क्राइम थ्रिलर चलचित्र 'जलसा' प्रदर्शनमा आएको छ। चलचित्र ओटिटि प्ल्याटफर्म प्राइम भिडियोबाट प्रदर्शनमा आएको हो। चलचित्रमा विद्याका अलावा सेफाली शाह, मानव कौल, रोहिणी हट्टंगडी आदि कलाकारको अभिनय रहेको छ।

त्यसैगरि जयदीप अहलावत, मोहम्मद जिशान, टीना देसाई, मुग्धा गोडसे, सतीश कौशिक आदिको अभिनय रहेको चलचित्र 'ब्लडी ब्रदर्स' पनि प्रदर्शनमा आएको छ।

चलचित्र 'अपहरण'को सिजन २ अर्थात् 'अपहरण २' पनि सिनेमाघरमा लागेको छ। भारत, उत्तराखण्डका सिनियर इन्स्पेक्टर रुद्र श्रीवास्तवको कथामा बनेको चलचित्रमा अरुणोदय सिंह, जितेन्द्र कपुर, निधि सिंह आदि कलाकारहरु रहेका छन्।

बहुप्रतिक्षित बलिउड चलचित्र 'बच्चन पाण्डे' पनि प्रदर्शनमा आएको छ। चलचित्रमा अक्षय कुमार, कृति सेनन, ज्याकलिन फर्नान्डिस, पंकज त्रिपाठी, अरशद वारसी आदि कलाकारको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×