कपिलदेखि भारतीसम्म, यस्तो छ कमेडियनको सम्पत्ति

काठमाडौँ - एक समय फिल्मका नायक-नायिकाको मात्र अन्तर्राष्ट्रिय पहिचान हुन्थ्यो। तर अहिले हास्यकलाकार समेत विश्वमा चिनिन थालेका छन् । राजु श्रीवास्तव, भारती सिंह, कपिल शर्मा लगायतका भारतमा केही कमेडियन यस्ता पनि छन्। जसको फ्यान विश्वभर छन्। एउटा कार्यक्रमका लागि उनीहरूले रकम पनि कमाउँछन्।

राजु श्रीवास्तव - राजु श्रीवास्तव अहिले अस्पतालमा छन्। १० अगस्तमा हृदयघात भएको कारण उनी अस्पताल भर्ना भएका हुन्। त्यसपछि उनको अवस्था नाजुक बन्दै गएको थियो। तर, अहिले उनी निको भइरहेका छन्। फ्यानहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्। राजु श्रीवास्तवले आफ्नो करियरमा धेरै कमेडी शो गरेका छन्। यसका लागि उनले मोटो रकम लिने गर्दछन्। उनी करोडौंको सम्पत्तिका मालिक हुन्। रिपोर्टका अनुसार उनको कुल सम्पत्ति २० करोड (भारु) रहेको छ।

कपिल शर्मा - कपिल शर्मालाई कुनै परिचय चाहिँदैन। कुनै समय स्टेज शो गर्थे तर अहिले उनी आफ्नै शो चलाउँछन्, जसमा धेरै कलाकारहरू गेष्टको रूपमा पुग्ने गर्छन्। उनी बलिउड कार्यक्रमका पनि होस्ट गर्छन्। रिपोर्टका अनुसार कपिल शर्माले १ महिनामा करिब ३ करोड रुपैयाँ कमाउँछन्। उनको कुल सम्पत्ति २४५ करोड (भारु) रहेको छ।

कृष्ण अभिषेक - कमेडीको दुनियाँमा कृष्णा अभिषेकको नाम निकै चर्चित छ। उनी धेरै कमेडी शोमा देखा परेका छन्। उनको कमेडी देखेर फ्यानहरू निकै उत्साहित छन्। रिपोर्टका अनुसार कृष्णा अभिषेकको कुल सम्पत्ति करिब २२ करोड (भारु) रहेकोछ। उनले मासिक ३६ लाखभन्दा बढी कमाउँछन्।

भारती सिंह - भारती सिंह भएको स्थानमा वातावरण रमाइलो हुन्छ। स्टेज शो गर्नुका साथै उनी सामाजिक सञ्जालमा पनि आफ्ना फन्नी भिडियो शेयर गरिरहन्छिन्। रिपोर्टका अनुसार भारतीको कुल सम्पत्ति करिब २२ करोड (भारु) छ। उनी महिनामा २५ लाखभन्दा बढी कमाउँछिन्।

सुनिल ग्रोवर - द कपील शर्मा शोमा डाक्टर गुलाटीको रूपमा चर्चित सुनिल ग्रोवर पनि कमेडीको दुनियाँका चम्किलो तारा हुन्। उनी विभिन्न पात्रका लागि परिचित छन्। उनको डाक्टर गुलाटीको रूप दर्शकले निकै रुचाएका थिए। ग्रोवरसँग करिब १८ करोड (भारु) सम्पत्ति रहेको छ। उनले मासिक २५ लाखभन्दा बढी कमाउँछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×