आल्भेसले दोस्रोपटक बार्सिलोना छाड्ने

काठमाडौँ - ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेसले दोस्रोपटक क्याटलान क्लब बार्सिलोना छाड्ने पुष्टि गरेका छन्। आल्भेसले यसअघि सन् २०१६ मा बार्सिलोना छाडेर इटालियन क्लब युभेन्ट्स पुगेका थिए।

त्यसपछि आल्भेस नोभेम्वर २०२१ मा दोस्रोपटक बार्सिलोना आउने घोषणा गरे। तर, क्याटलान क्लबमा योग्य हुन उनले जनवरी नै कुर्नुपरेको थियो। उनी सिजनको अन्त्यसम्मका लागि ब्राजिली क्लब साओपाउलोबाट बार्सिलोनामा अनुबन्धित भए।

३९ वर्षीय राइट ब्याकले आफ्नो दोस्रो स्पेलमा १७ खेलमा १ गोल र ४ असिस्ट योगदान गरेपछि बार्सा ला लिगामा दोस्रो स्थानमा रह्यो। खराव लयबाट गुज्रिरहेको बार्सिलोनाले उनको आगमनसँगै ला लिगामा दोस्रो स्थान हासिल गरेपनि सिजनमा भने उपाधिविहीन बन्न पुग्यो। आल्भेसले यसअघि वर्षको अन्त्यमा हुने विश्वकपको तयारीका लागि अर्को सिजन क्लबसँग बस्ने इच्छा व्यक्त गरेपनि बुधबार त्यस्तो नहुने पुष्टि गरेका थिए।

ब्राजिल इन्टरनेशनलले इन्स्टाग्राममा पोष्ट गरे, ‘अब हाम्रो विदाईको समय आएको छ। उनीहरू क्लब, रंग र त्यो घरको लागि आठ वर्ष भन्दा बढी समर्पित थिए। जीवनमा सबै चीजहरू जस्तै, वर्षहरू बित्छन्, बाटोहरू फरक हुन्छन् र कथाहरू केही समयको लागि फरक ठाउँहरूमा लेखिन्छन् र यो यस्तै थियो।’

आल्भेसले क्लब र प्रशंसकहरूलाई उनीहरूको समर्थनको लागि धन्यवाद दिँदै थपे, ‘मलाई आशा छ कि तपाईंले मेरो पागलपन र मेरो दैनिक खुशीलाई छुटाउनु हुनेछैन। आशा छ कि जो रह्यो भने, त्यो सुन्दर क्लबको इतिहास परिवर्तन गर्नुहोस्, म यो मेरो हृदयबाट कामना गर्दछु। त्यहाँ २३ उपाधि जितेका थिए जसमा दुई ट्रेबल पनि रहेका छन् यसले एक धेरै सुन्दर चक्र बन्द गर्दछ र अर्को अझ चुनौतीपूर्ण ढोका खोल्छ।’ ‘सदाको लागि भिस्का अल बार्सा!’

ब्राजिली क्लब बाहियाबाट व्यवसायिक खेल करिअर सुरु गरेका आल्भेसले सेभिया, बार्सिलोना, युभेन्ट्स, पिएसजी र साओ पाउलो हुँदै पुनः बार्सिलोना फर्किएका थिए। ब्राजिलका लागि १२४ क्याप जितेका आल्भेसले ८ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

उनले आफ्नो व्यवसायिक खेल करिअरमा सर्वाधिक ४३ उपाधि जितेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×