२ सय ९० कार्टुन रेड लेबल सहित चार पक्राउ

काठमाडौँ- काठमाडौँको दुई स्थानबाट प्रहरीले २ सय ९० कार्टुन रेड लेबल सहित चार जना पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले सितापाइला र चाबहिलमा रेड लेबल सहित अन्य मदिरा पनि बरामद गरेको थियो।

पक्राउ पर्नेमा सन्तोष चन्द्र पोखरेल, शैलेश पन्त, रविन पाख्रिन र नारायणप्रसाद घिमिरे रहेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार राजस्व छलीको आशंकामा मदिरा नियन्त्रणमा लिइएको हो। महाशाखाले स्टिकर नभएका कारण राजस्व छली भएको आशंका गरेको तर मदिरा सक्कली हो वा नक्कली भन्ने विषयमा भने यकिन हुन बाँकी रहेको जानकारी दिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×