काठमाडौँ - गएराति भएको च्याम्पियन्स लिगमा चेल्सीले डाइनामो जाग्रेभलाई २-१ गोलले पराजित गरेको छ। चेल्सीलाई जित दिलाउन रहिम स्टर्लिंग र जाकारियाले १/१ गोल गरेका थिए। खेलमा जाग्रेभले अग्रता बनाएको थियो।
जाग्रेभका लागि पेतकोभिकले गोल गर्दै अग्रता दिलाएका थिए। तर, त्यसपछि भने चेल्सीले खेलमा सानदार कमव्याक गरेको थियो।
यो जितसँगै चेल्सी समुह इ को विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ। चेल्सीले ६ खेलबाट १३ अंक जोडेको छ। जाग्रेभ च्याम्पियन्स लिगबाट बाहिरिएको छ।