प्रधानमन्त्री प्रचण्ड सर्लाही जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिबार) दिउँसो सर्लाही जाँदैछन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने बलरा नगरपालिका–८, गडहीया डुमरियास्थित जनता नमूना माविको नव निर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री सर्लाही जान लागेका हुन् । बलरा माओवादी केन्द्रले जितेको नगरपालिका हो ।

प्रचण्ड बिहान साढे ११ बजे हेलिकप्टरमार्फत सर्लाही जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । सर्लाहीका एक माओवादी नेताका अनुसार बलराका मेयर रामाशंकर कुशवाहाको विशेष आग्रहमा प्रचण्ड सर्लाही जान लागेका हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×