ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं - कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्वास दिलाई नगद १३ करोड ७३ लाख ५२ हजार २ सय ५६ रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने ६८ वर्षीय नरेन्द्र बज्राचार्य, काठमाडौं महानगरपालिका–१६ बस्ने ५१ वर्षीय राजु महर्जन, ललितुपर महानगरपालिका–१० कुपण्डोल बस्ने ६२ वर्षीय राजेश कृष्ण श्रेष्ठ, पाल्पा तानसेन नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१३ बस्ने ५३ वर्षीय निरन्जन कुमार श्रेष्ठ, कास्की रूपा गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने ५९ वर्षीय चिरञ्जिबी पौडेल र स्याङजा वालिङ नगरपालिका–११ घर भई काठमाडौं टोखा नगरपालिका–७ बस्ने ६१ वर्षीय शान्ति रमण पंगेनी रहेका छन् । 

काठमाडौं महानगरपालिका–२२ न्यूरोडस्थित कंलकी डेभलपर्स र मिला ल्याड डेभलपमेन्ट प्रालिका संचालक समितिका अध्यक्ष नरेन्द्र समेतले कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्वास दिलाई पीडितहरूबाट उक्त रकम लिई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×