निर्मल पुर्जाले भेटे सलमान खानलाई

काठमाडौँ। नेपालका पर्वतारोही निर्मल पुर्जा र बलिउड अभिनेता सलमान खानबिच मुम्बईमा भेटेघाट भएको छ। निर्मलले अभिनेता खानलाई आफ्नो बायोग्राफी पुस्तक उपहार दिएका छन्। उनले सलमानलाई भेटेर नेपाल भ्रमणको पनि निम्तो दिएका छन्। उनले नेपालका व्यापारी विनोद चौधरीका छोरा एवम् चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीसँगै सलमानलाई भेटेका हुन्।

निर्मलले ७ महिनाभित्र विश्वका १४ अग्ला हिमाल चढेर विश्व कीर्तिमान बनाएका छन्। नेपाल चिनाउने अभियानमा निर्मलले विश्वका धेरै सेलिब्रिटीलाई भेटेर नेपाल घुम्न आउन आग्रह गरेका छन्। उनी ति सेलिब्रिटीलाई भेला पारेर नेपालमा ठूलो कार्यक्रम गर्ने योजनामा छन्। उनले डिस्कभरि च्यानलको 'म्यान भर्सेज वाइल्ड'का सञ्चालक् बियर ग्रिल्जलाई पनि नेपाल बोलाएका छन्। 

उनले सामाजिक सञ्जालमार्फत सलमानलाई भेटेको जानकारी दिएका हुन्। उनले लेखेका छन् ‘सलमान भाइसँगै आनन्ददायी भेट भयो। मेरो देशमा चाँडै भेट हुनेछ।' उनको ओटिटि प्ल्याटफर्म नेटफिल्क्समा उपलब्ध डकुमेन्ट्री ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’का कारण चर्चामा हुने गरेको छ। 
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×