काेराेनाका कारण कांग्रेसको १६ जिल्ला अधिवेशन पुन: स्थगित

काठमाडाैं । नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन पुन: स्थगित भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो ।

कांग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ ।

कांग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाका अधिवेशन हुन सकेकाे छैन ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×